काठमाडौं, मंगलबार, १३ साउन २०७७ । नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । हाल नेपालमा कोभिड–१९ का पाँच हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएर घर फर्केको बताउनुभयो । उहाँका अनुसार हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्