काठमाडौं, सोमबार, १२ साउन २०७७ । नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा रहेका कोरोना आशंकितको संख्या १६ हजार ३७९ जना रहेको जानकारी दिनुभयो । त्यसैगरी, आइसोलेशनमा करिब पाँच हजार जना बिरामी छन् ।

पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३ हजार ७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्