- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढयो

July 26, 2020
669
Shares
- ADVERTISEMENT -

लमजुङ, आइतबार, ११ साउन २०७७ । सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो ।

लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्नुुहुन्छ, “लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त छौँ भन्ने होइन”, उहाँले भन्नुभयो, “यसलाई हल्कारूपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ ।”

- ADVERTISEMENT -

Advertisement

आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्नेमा बँेसीशहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताउनुभयो ।

कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै केही दिनअघि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेता पनि कोरोनाको जोखिम भने अन्त्य भइसकेको छैन । लामो समयसम्म लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला शहर÷बजार जताततै भीडभाड बढी देखिएको छ । शहरबजारमा खुलेका विभिन्न पसलमा भीडभाड हुने क्रम बढ्दै गए पनि सामाजिक दूरी कायमसमेत भएको पाइँदैन ।

- ADVERTISEMENT -

Advertisement

कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझाइसमेत राख्दै आएका छन् । उनीहरुले कोरोनाको महामारी आउनुभन्दा अघिका समयझै यतिबेला पनि उस्तै सोचाइका साथ कोरोनाका महामारीको ध्यानमा नराख्दा जोखिम बढ्दै गएको छ । यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत नहँुदा थप कोरोना जोखिम बढ्नसक्ने जिल्लावासीको भनाइ छ ।

कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, नियमित व्यायामलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भन्नुभयो, “यतिबेला लकडाउन पो हटेको हो त जोखिम कहाँ हटेको छ र १ तर पनि जिल्लावासी मास्कसमेत नलगाइ हिँडेको पाइन्छ ।

जिल्लामा कोरोना सङ्क्रमित बढिरहेको छ जोखिम पनि उत्तिकै रहेको छ । नेपाल सरकारले र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि नागरिकले भने लागू नगर्दा जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -