गोरखा, शनिबार, १० साउन २०७७ । गोरखामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । २ स्थानीय तहमा आज थप २ जना कोरोना संक्रमित थपिएका हुन् ।
गोरखाको पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकामा थप १\१ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । पालुंटार नगरपालिकाका संक्रमित २६ पुरुष रहेका हुने भने भिमसेन थापा गाउँपालिकाका वडा नम्बर १ का संक्रमित २७ बर्षिय पुरुष रहेको निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
भारतबाट भीमसेन थापा गाउँपालिकाका संक्रमित व्यक्ति कनकामना आधारभूत बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए भने बहराइनबाट फर्किएका पालुङटारका संक्रमित पुरुष युवा जनता माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।
दुवै जनालाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ । यससंगै गोरखा जिल्लामा संक्रमितको संख्या १ सय ७ पुगेको छ ।








































