काठमाडौं, १० साउन २०७७ । रौतहटको सीमा क्षेत्र नरकटियामा भारतीय महिलालाई प्रवेश गर्न नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणमा परि एक प्रहरी जवान घाइते भएका छन् भने प्रहरीले हवाई फायर गरेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सीमा नाका बन्द रहेको बेला शुक्रबार साँझ भारत बिहारबाट दुई महिला नेपाल प्रवेश गर्न लागेका थिए । नरकटिया नाकामा खटिएका प्रहरीले प्रवेश गर्न नदिएपछि भारतीय गाउँ कोरैया र खरसलवाका झन्डै २ सय मानिसको समूह आएर जर्बजस्ति नेपाल प्रवेश गर्न खोजेका थिए ।

सोहि क्रममा एक भारतीय महिलाले प्रहरीमाथि हसिया प्रहार गर्दा एक जना घाइते भएको सशस्त्र स्रोतले जनाएको छ । हसिया प्रहारबाट सशस्त्र प्रहरी जवानको दाहिने हातमा चोट लागेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

स्रोतका अनुसार झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुश्वाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । घटना भएको खबर प्राप्त भएपछि सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मीको टोली पुगेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्