- ADVERTISEMENT -

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु

July 25, 2020
617
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, १० साउन २०७७ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ९६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो । साथै, पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।

- ADVERTISEMENT -

Advertisement

हिजो शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलामा रहेको पुलको केही भाग मर्मतपछि रातिदेखि सामान बोकेका र ठूला गाडी पनि चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम भने चलिरहेको छ ।

मर्मतको काम भइरहेकाले पुल आसपासको क्षेत्रमा चिप्लो तथा जोखिम नै भएको भन्दै गाडी चलाउँदा सावधानी अपनाउन इञ्जिनियर अधिकारीले आग्रह गर्नुभयो । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -