गोरखा, शुक्रबार, ९ साउन २०७७ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले यति बेला बिश्वलाई नै आक्रान्त बनाएको छ । आजको जटिल परिस्थितिमा बिश्व क अर्थतन्त्र नै तहसनहस बनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९ ) ले त झन शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । कयौ बिद्यार्थीको भविष्य अन्योलमा पारेको छ । यससंगै नेपालमा पनि शैक्षिक क्षेत्र झन ठुलो असर गरेको छ । नेपालमा कोरोना देखिन थालेपछी गत चैत ११ गते देखि सरकारले लकडाउन घोषणा गरेको थियो

सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसंगै भदौ १ गते देखि शैक्षिक संस्थाहरुले भर्ना खुलाउन पाउने भएका छन । तर, पढाई कहिलेबाट हुने भने बिधालय संचालक, अभिभावक र विद्यार्थी अझै अन्योलमा छन ।

लकडाउन जारी भएदेखि SEE ,कक्षा ११, १२ ,स्नातक र स्नातकोत्तर तहको परिक्षा स्थगित गरिएको थियो । सरकाले SEE को परिक्षा आन्तरिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । कक्षा ११ को कलेजले नै लिने भनिएको छ । फलामे ढोका भनेर चिनिने कक्षा १२ को पनि असोजको दोस्रो साताबाट गर्ने भनिएको छ। गत चैतमा संचालित स्नातकोत्तर तह र हुन लागेको स्नातक तहको परिक्षा पनि भदौको पहिलो साताबाट हुने भनिएको छ । तर, सरकार र त्रिभुवन बिश्वबिद्धालयले बिना कुनै तयारी विद्यार्थीको भौतिक उपस्थितिमा परिक्षा संचालन गर्ने भनेर तयारी रहन बिद्यार्थीहरुलाई आव्हान नै गरिसकेको छ ।

नेपालमा शैक्षिक क्षेत्रमा पढाइको विकल्प त खोजियो (भर्चुअल, टिभो, रेडियो तथा अन्य माध्यम ) तर परीक्षाको बारेमा किन पुरानै शैली पुरानै तरिका गरियो । यस्ता किसिमका शैलीले विद्यार्थीमा के कस्ता असर पर्ला? कसैले सोचेका छैनन । उच्च शिक्षाका लागि सातवटै प्रदेश र ७७ वटै जिल्लाका विद्यार्थी सदरमुकाम वा राजधानीसहित अन्य सहरमा पढ्न आएका छन तर उनीहरु कोहि कोरोना संक्रमण ग्रस्त क्षेत्रका छन त कोहि संक्रमण जोखिम क्षेत्रमा छन ।

तिनीहरुलाई सम्बन्धि ठाउँबाट आफुले अध्ययन गर्ने शिक्षालयसम्म कस्ले र कसरी आउँछन । यदि तिनिहरु आएता पनि तिनिहरुको स्वास्थ्यको को जिम्मेवार हुने सरकार वा त्रि बि केही दिन अगाडि भारतमा परिक्षा दिए घर फर्कने क्रममा ४ जना सङ्क्रमित भए भन्ने समाचार सुन्नमा आएको छ भने हाम्रो देशमा त्यसो हुदैन भन्न त कुनै पनि आधार छैन ।

नत कोरोना मुक्त भएको छ । हाम्रो देश न त परीक्षा हल नै त्यै किसिमका छन । यदि परीक्षा संचालन भएको खण्डमा कुनै एक परिक्षाथी वा गार्ड लाई कोरोना सन्क्रमित भएको खण्डमा के गर्ने ? हाम्रो देशमा लकडाउनको त अन्त्य गर्यौ तर हामीले कोरोनाको अन्त्य गर्न न हामिले सकेका छौ न बिश्व ले नै ! त्यसैले, भौतिक उपस्थितिमा भन्दा अन्य विकल्प खोजौ ताकी हामीलाई भबिस्यमा पनि यस्ता महामारी र बिपत्ति आइपरेको खण्डमा पछिलाइ पनि सहज हुनेछ ।

म एक स्नातक तहको परिक्षार्थी को हैसियत ले त्रि बि र सरकारलाई के अनुरोध गर्छु भने अहिले पर्ख र हेर को समय छ । विद्यार्थीको स्वास्थ्य माथी खेलबाड नगरौ बरु केही समय कुरौ । म र म जस्ता विद्यार्थीहरुको भविष्य कर्णधार हौ । त्यसैले, बेलैमा सोचौ कि हामी पछि पछुताउँन नपरोस ।

सागर बाबु भट्ट

गोरखा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्