काठमाडौँ, शुक्रबार, ९ साउन २०७७ । पूर्व डिआइजी रञ्जन कोइरालालाई पूरा सजायबाट छुट दिएको भन्दै महाअभियोगको माग राख्दै विरोध भएको छ ।

कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएको हो ।

‘नागरिक आवाज’ का नाममा समूहले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका कोइरालालाई उन्मुक्तिको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन अभियान चलाएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सो मुद्दामा फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनीहरुमाथि महाअभियोग माग गर्नेमा पूर्व प्रधानमन्त्री र सांसदलगायत सत्तारुढ, विपक्षी तथा साना दलका नेतासमेत रहेका छन् ।

वि स २०६८ सालमा श्रीमतीको हत्या गरी शव जलाएका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदबाट साढे ८ मा झारेर छुट दिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्