काठमाडौं, शुक्रबार, ९ साउन २०७७ । पूर्व स्वास्थ्य मन्त्री, युवा नेता तथा सासद गगन थापाले परीक्षण बढाउन र अस्पताल केन्द्रित तयारी गर्न सरकारलाई दबाब दिन आग्रह गर्नु भएको छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।
सरकारले १ सय २० दिन लामो लकडाउन हटाएपछि सरकार र नागरिकले समेत कोरोनाको जोखिम सकियो भन्ने सोच राखेको देखिन्छ । संक्रमण केही कम भएपनि ढुक्क हुने अवस्था छैन । सावधान नभए पुन:दुर्घटना हुनसक्छ । परीक्षण बढाउन र अस्पताल केन्द्रित तयारी गर्न सरकारलाई दबाब दिऔँ । सबै सचेत,सतर्क र सुरक्षित रहौँ ।










































