काठमाडौं, शुक्रबार, ९ साउन २०७७ । नेपालमा कोभिड–१९ का १३३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ३७४ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल पाँच हजार ३८३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त भएकाको संख्या १२ हजार ९४७ पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्