Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५७:५५ बिहान
- ADVERTISEMENT -

साउन १६ देखि एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण सेयर निष्कासन गर्ने

प्रकाशित मिति: २०७७ साउन ९, शुक्रबार

721
Shares

काठमाडौं, शुक्रबार, ९ साउन २०७७ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख चार हजार ६०० हजार रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

साथै, २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको ३१ लाख ६० हजार ११८० कित्तामा भने सर्वसाधारणले आवेदन दिने सक्ने कम्पनीको विवतरणपत्रमा उल्लेख छ ।

साउन १६ गतेबाट बिक्री खुला हुने कम्पनीको आईपीओमा छिटोमा साउन २१ गते र साउन २१ गतेसम्म सबै बिक्री नभएमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आश्‍वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुको साथै मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २०७६ फागुन ४ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले २८.१ मेगावाटको लिखु खोला जलविद्युत आयोजना, ७३ मेगावाटको मिडल तमोर हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ । कम्पनीको सञ्‍चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवनाथ लामिछाने छन् । यस्तै पूर्वअध्यक्ष शेष घले कम्पनीको सञ्‍चालक छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -