मनिला, बिहिबार, ८ साउन २०७७ । फिलिपिन्समा नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि फेरि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगाएको छ ।

फिलिपिन्स सरकारका प्रवक्ताले अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध गर्ने घोषणा गरेका हुन् । करिब दुई साताअघि कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै अन्तर्राष्ट्रिय यात्रामा अनुमति दिइएको थियो ।

फिलिपिन्समा चार महिनादेखि सम्पूर्ण आन्तरिक र बाह्‍य उडानमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या बढेपछि मध्यमार्चदेखि मुलुकभर लकडाउन जारी गरिएको थियो । फिलिपिन्समा बुधबार करिब दुई हजार कोरोना संक्रमित थपिएका थिए ।

हालसम्म फिलिपिन्समा कोरोना संक्रमितको संख्या ७२ हजार २६९ पुगेको छ भने २३ हजार ६२३ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा एक हजार ८४३ जनाको मृत्यु भएको छ । अलजजिरा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्