- ADVERTISEMENT -

बिदेश जानेका लागि कोरोना जाँच गर्ने अनुमति प्राप्त अस्पताल

July 23, 2020
806
Shares
- ADVERTISEMENT -

काठमाडौं, बिहिबार, ८ साउन २०७७ । सरकारले विदेश जानेका लागि पिसिआर परिक्षण गर्नलाई स्वास्थ्य संस्थाहरु तोकेको छ । कारोना महामारीको समयमा पनि विभिन्न कामले गर्दा विदेश नगई नहुनेहरुको लागि पिसिआर परिक्षण गर्न विभिन्न अस्पताललाई अनुमति दिएको हो ।

सरकारले पैसा तिरेर पिसिआर परिक्षण गर्नका लागि ११ वटा अस्पताल तोकेको छ । उपत्यका भित्र सरकारले वीर अस्पताल, पाटन अस्पताल र टिचिङ अस्पताल गरी पिसिआर परिक्षणको लागि तिन वटा अस्पताललाई तोकेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सरकारले उपत्यका भन्दा बाहिर सेती अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र कर्णाली प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतलाई पिसिआर परिक्षण गर्न अनुमति दिएको हो ।

सरकारले बिदेशी नियोगमा काम गर्ने कर्मचारीहरुले पिसिआर गर्न परे उपत्यकामा रहेको निजि अस्पतालहरुमा गर्न सक्ने बताएको छ । त्यसको लागि सरकारले ललितपुरमा रहेको स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजलाई अनुमति दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सरकारले तोकेको र अनुमति दिएको अस्पतालमा मात्र पिसिआर गर्न आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -