काठमाडौं, बिहिबार, ८ साउन २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले आज आयोजित नियमित कोरोना भाइरस (कोभिड-१९) अपडेटमार्फत पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरसहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ५३५८ रहेका छन । साथै, आजसम्म १२ हजार ८ सय ४० जना कोरोना जितेर डिष्चार्ज भएका छन ।

प्रा डा गौतमका अनुसार आजसम्म प्रदेश १ मा ७ सय ६० जना, प्रदेश २ बाट २८४३ जना, बागमतिबाट ४ सय ५८, गण्डकीबाट १०९५, प्रदेश ५ बाट ३८६८, कर्णालीबाट १५८३ र सुदुरपश्चिम प्रदेशबाट २२३३ जनाले कोरोना जितेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्