जापान, बिहिबार, ८ साउन २०७७ । नेपालबाट जापान आउँन प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरसको दिन प्रतिदिन बढ्दै गइरहेको संक्रमणलाई रोक्न जापानले नेपालबाट नागरिक आउँन प्रतिबन्ध लगाउने भएको छ । कानुन मन्त्रालयले आज एक सुचना जारी गर्दै प्रतिबन्ध लागेका देशहरुमा नेपाल पनि समाबेश गरिएको छ ।

केहि दिन अधि मात्र नेपाल सहित विभिन्न १७ देशहरुमा यात्रा नगर्न आफ्ना नागरिकलाई सजक बनाउँदै जापानले छलफलपछि यो निर्णय लिइएको बुझिएको छ ।

यात्रा प्रतिबन्ध लागेसंगै अब नेपालबाट आउन चाहने तथा बिदामा गएका समेत फर्कन कठिनाइ हुने भएको छ ।

जापान सरकारले यात्रा प्रतिबन्ध लगाएका देशहरुबाट आउँन चाहने जापानी नागरिकहरुलाई नियम पालना गर्न लगाई प्रबेश गर्न अनुमति दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्