काठमाडौं, बुधबार, ७ साउन २०७७ । नेपाल वायुसेवा निगम आर्थिक संकटमा परेको छ । निगलमे ऋणबाट खरिद विमानको साँवा र ब्याज तिर्न समेत नसक्ने अवस्थामा पुगेको स्वीकारेको छ । योजनाअनुसार वाइडबडी विमान सञ्‍चालन गर्न नसक्दा निगम आर्थिक संकटमा परेको हो । यस्तै चिनियाँ ६ वटा जहाजबाट त वार्षिक ५० करोड रुपैयाँ खुद नोक्सान व्यहोर्दै आएको छ ।

निगमले आन्तरिक एवं बाह्‍य उडानमा ऋण सहायताबाट खरिद गरेका जहाजको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । निगम प्रवक्ता अर्चना खड्काले चिनियाँ जहाजसहित वाइडबडी विमानको समेत किस्ता र साँवा तिर्न नसक्ने अवस्थामा पुगेको बताइन् । निगमले करिब ४० अर्ब रुपैयाँ साँवा तिर्न बाँकी छ ।

सरकारको जमानतमा कर्मचारी सञ्‍चय कोष र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ निगमलाई दुईवटा वाइडबडी विमान खरिदका लागि ऋण दिएको छ । यस्तै ६ वटा चिनियाँ जहाजमध्ये चारवटा खरिद गर्न चीनको एक्जिम बैंकबाट ऋण लिएको छ । निगमले उक्त ऋणको किस्ता सन् २०२१ देखि तिर्न सुरु गर्नुपर्ने छ । तर, निगमले त्यसअघि नै ऋणबाट खरिद गरिएको विमानको साँवा तथा ब्याज तिर्न नसक्ने घोषणा नै गरेको छ ।

निगमले यसअघि वार्षिक ५० करोड रुपैयाँ घाटा भएको भन्दै चिनियाँ जहाज नउडाउने निर्णय गरिसकेको छ भने उक्त विमानका लागि नियुक्त गरिएका पाइलटको करार अवधि पनि नविकरण नगर्ने निर्णय गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्