- ADVERTISEMENT -

त्रिवि अन्तर्गतका क्याम्पसहरु आजबाट खुल्ने

July 22, 2020
843
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, ७ साउन २०७७ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु बुधबारबाट सञ्चालनमा आउने भएका छन् ।

कोरोना भाइरसको महामारी रोकथामका लागि नियन्त्रणका लागि गत चैता ११ गतेदेखि लागू गरिएको लकडाउन साउन ६ गतेदेखि अन्त्य भएसँगै त्रिविले पनि क्याम्पसहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक बिदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सञ्चालन हुने त्रिविले जानकारी दिएको छ ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गतको सूचना तथा जनसम्पर्क शाखाले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।

शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक बिदा दिइएको थियो । यद्यपि, त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि क्याम्पस सञ्चालन गर्ने महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -