गोरखा, बुधबार, ७ साउन २०७७ । अविरल बर्षाका कारण गोरखा सदरमुकाम सहित बिभिन्न ठाउँमा बाढि र पहिरोले क्षति पु¥याएको छ । अविरल बर्षाले जिल्ला गोरखा नगरपालिका वडा नम्बर– ११ स्थित एघारकिलो गोरखा आबुखैरेनी जोड्ने अमरसिंह राजमार्गमा ४ मिटर बराबर पक्की सडक भासिएको छ । सडक भासिदा गोरखा खैरेनी सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ ।

त्यस्तै लगातारको बर्षाका कारण गोरखा नगरपालिका– ८ रानिबन स्थित स्थानीयबासी दिपक खत्रीको घरमा माथिबाट पहिरो आई घरभित्र छिरेर घरम क्षति पु¥याएको छ । यता जिल्ला गोरखा आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार र धादिङको बिशाल बजार जोड्ने पक्की पुल नजिकै पहिरो खसी बाटो अबरुद्ध भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

पहिरोले पालुङटार नगरपालिका– ७, अवण्डामा माथिबाट हिलो सहितको पहिरो ३ वटा घरभित्र छिरेर घरमा क्षति पु¥याएको छ । घरमा रहेका मानिसहरुलई भने सुरक्षित रुपमा आफन्तको घरमा सारिएको छ । त्यस्तै जिल्लाको शहिद लखन गाउँपालिका–२ सिम्लेमा धन बहादुर गुरुङको गोठ भन्दा माथिबाट पहिरो खसी २ वटा गाई र २ वटा गोरु पुरिएको मरेको छ । गोरखा नगरपालिका–९ टक्सारमा पहिरो गई ४ वटा घर जोखिममा परेको छ । ति घरका सवै १५ जनालाई आफन्तको घरमा सारिएको प्रसासनले जनाएको छ ।

अविरल बर्षापछि आएको पहिरोका कारण जिल्लाको बारपाक सुलिकोट गाउँपालिका– ६ केउरेपानीमा माथिबाट पहिरो खसी ४५ बर्षीय बुद्धि बहादुर रानाको ढुङ्गा माटोले बनेको जस्ताले छाएको घरमा क्षति पु¥याएको छ । उहाँको घरका ४ जना सदस्यलाई आफन्तको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । यस्तै गोरखा नगरपालिका– ११ तेह्रकिलो स्थित टिका माया रानाको भुकम्प पछि पुन निर्माणको घर भासिएर तल बगेको छ । उहाँको घरमा रहेका परिवारका ३ नै जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । वडा नम्बर ११ को बाह्रकिलो स्थित सेन्ट जोसेफ विद्यालयको पछाडी पट्टीको २० मिटर कम्पाउण्ड वाल पहिरोले भत्किएको छ ।

जिल्लाको गोरखा सिरान्चोक गाउँपालिका–४ चोरकाटे बजार नजिकै पहिरो जाँदा बाह्रकिलो बारपाक सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । त्यस्तै गोरखा नगरपालिका– ८ आहालेभन्ज्याङ स्थिर ज्ञान माया श्रेष्ठको सिमेन्ट ईटाले बनेको २ तले घरको तलबाट पहिरो गई घर उच्च जोखिममा परेको छ । । साथै सोही घर धनिको १ कोठे घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका ८ कै थिल्लो खोलखोले स्थिर रण बहादुर अधिकारीको १ तले कच्ची घर पानी परी गाह्रो खसेको र घरका ७ जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

ठूलो पानी परेकाले गोरखा नगरपालिका– ४ लाकुरी स्वारामा स्थानीय कृष्ण बहादुर गुरुङ, मोहन बहादुर गुरुङ, बिजय गुरुङ, भिम बहादुर गुरुङ, नबिन आलेकोे घर, बलेनि तथा आगन चिरा परी घर पूर्ण रुपमा जोखिम रहेको छ । जिल्लाको पालुङटार नगरपालिका–६ मा माथिबाट पहिरो खस्दा स्थानीयबासी केशर बहादुर थापा, ओम बहादुर रिमाल, राम बहादुर गुरुङ, सरस्वति बि.क, लेख बहादुर गुरुङ, लालिमाया गुरुङ,होम बहादुर गुरुङका सवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–८ तीनखण्डे स्थानीयबासी लाल प्र. भट्ट, गोकर्ण प्र.भट्ट, गोबिन्ध भट्ट माया देवी भट्टको भुकम्प पुन निर्माण गरिएको घरमा क्षति पु¥याएको छ । बाढी पहिरोका कारण जिल्लाको गण्डकी गाउँपालिकाको फुजेलमा सोमबार १ जनाको मृत्यु भएको छ भने भीमसेन थापा गाउँपालिका २ तान्द्राङमा मंगलबार एक महिला घाइते हुनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्