सिन्धुपाल्चोक, मंगलबार, ६ साउन २०७७ । चिनको खासा क्षेत्रमा रहेको “केरुङ्ग च्छो” नामको ताल फुट्ने सूचना प्राप्त भएको छ ।

कुतीबजारबाट पश्चिमतर्फको उक्त ताल भरिएर फुट्ने खतरा भएपछि स्थानीय प्रशासनले सुनकोसी र भोटेकोसी किनारका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ ।

उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमि पार गर्नुपर्छ । कराइ आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो । नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई आज खबर गरेको छ ।

तातोपानी स्थित मितेरी पुलमापारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ । यस अघि बसेका सर्वसाधारणलाई भने सिगात्सेमा बसोबास गराइसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्