Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:५७ बिहान
- ADVERTISEMENT -

काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध, झरी थपिए केही दिन सवारी नचल्ने

प्रकाशित मिति: २०७७ साउन ६, मंगलबार

885
Shares

काठमाडौँ, मंगलबार, ६ साउन २०७७ । केही दिनयता देशभर भएको वर्षाका कारण काठमाडौँ भित्रिने सबै राजमार्ग ठप्प भएको छ ।

राष्ट्रिय सडक विभागका अनुसार काठमाडौं भित्रिने सबैभन्दा ठूलो राजमार्ग मुग्लिन-नौबिसे-काठमाडौँ सडक खण्डमा करिब दुई सयभन्दा बढी पहिरो गएको छ ।

उक्त सडक खण्डमा धादिङ र चितवन जोड्ने मौवा खोलाको मुख्य पुल बाढीले बगाएको छ । यस्तै, सडक खण्डका विभिन्न भागमा पहिरो खसिरहेको उक्त सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार पानी पर्न कम भए पनि पहिरो पन्छाउन दुई दिन लाग्ने छ ।

यस्तै काठमाडौँ प्रवेश गर्ने विपि राजमार्गका विभिन्न भागमा पहिरो गएको सडक विभागले जनाएको छ । सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक खण्डमा रहेको यस सडकको विभिन्न भागमा पहिरो खसेको छ । यस सडक खण्डमा कमेरेफाँट, खुर्कोट, मास्ती खोलालगायत भागमा खडक अवरुद्ध भएको हो ।

काठमाडौँसँग तराईलाई जोड्ने मुख्या सडकको रुपमा रहेको हेटौँडा-कुलेखानी सडक खण्ड पनि केही दिनदेखि बन्द भएको सडक विभागले जनाएको छ । यस सडक खण्डको विभिन्न भागमा पहिरो खसिरहेको विभागले जनाएको छ ।

वर्षा थपिए अझै केही दिन काठमाडौँ जोड्ने सबै सडक खण्डहरु बन्द हुने विभागले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -