- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अवरुद्ध सडक खुलाउन समय लाग्ने, अनावश्यक यात्रा नगर्न सडक विभागको आग्रह

July 21, 2020
678
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, ६ साउन २०७७ । बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न सडक विभागले आग्रह गरेको छ ।

त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार यो वर्ष पानी परेर क्षति भएका सडक बनाउन मात्रै झण्डै डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ । आज मुग्लिन–नारायणगढ सडकको पहिरो सफा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com