धादिङ, आइतबार,५ साउन २०७७ । लगातारको बर्षाको कारण आएको बाढिले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल बगाएको छ ।
राजमार्गको पुल बगेपछि सवारी साधन अवात जवात नहुदा पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । यो पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत ठप्प भएको छ ।
पुल नै बगेपछि सयौँ गाडी राजमार्गमै रोकिएका छन् ।
धादिङका कैयौँ ठाउँमा पहिरो जाँदा बिहानैदेखि राजमार्ग बन्द रहेको छ । हिजो देखीको बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सडकहरु अवरुद्ध भएको छ ।








































