- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

July 19, 2020
506
Shares
- ADVERTISEMENT -

एजेन्सी, आइतबार, ४ साउन २०७७। इंग्लिस प्रीमियर लिग क्लब आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा साविकको विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

बेम्बली रंगशालामा भएको खेलमा आर्सनलले सिटीलाई २-० गोलले पराजित गरेको हो । आर्सनलको जितका लागि दुबै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

खेलको १९ औं मिनेटमा कप्तान पिएरे इमिरिक औवमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले निकोलस पेपेको पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाए । त्यस्तै ७१ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल आर्सनलले २-० गोलले जितेको हो ।

जितसँगै एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल पुनः उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि आर्सनलले चेल्सी र युनाइटेडबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आइतबार राति हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com