- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२४ घण्टामा थपिए ५७ जनामा कोरोना संक्रमित, १०३ भए ‘डिस्चार्ज’

July 18, 2020
498
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, ३ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न २७ प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा ५७ जनामा सङ्क्रमण भेटिएको बताए । त्यस्तै, १०३ जना निको भएर घर फर्केको जानकारी दिए। हाल नेपालका ५ हजार ८ सय २५ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

- ADVERTISEMENT -

Advertisement

नेपालका ६ जिल्लाहरु भोजपुर, रसुवा, मनाङ्ग, मुस्ताङ्ग, पाँचथर र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै रौतहट, कैलाली, र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ११ हजार ६ सय ३७ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com