Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:०८ बिहान
- ADVERTISEMENT -

बार्सिलोनामा कोरोना संक्रमितको संख्या फेरि बढ्न थाले

प्रकाशित मिति: २०७७ साउन ३, शनिबार

655
Shares

एजेन्सी, शनिबार, ३ साउन २०७७ । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।

बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो ।

“क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,” प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा भने ।

सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन् ।

सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ । बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्ता सम्मको अवधिमा भागेर नजान पनि भनिएको छ ।

“आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैँ लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,” बुडोले भने । उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउनसकिने बताए ।

उनले भने, “मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाहरूले छिटो र निर्णायक कदम चाल्नुपरेको छ ।

स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालिन अवस्थाको घोषणा गर्दै कोरोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो ।

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ विरामीमा सङ्क्रमण भेटिएपछि स्पेनी अधिकारीहरूले अहिले चिन्तित भएका छन् ।

स्पेनमा कोभिड–१९ सङ्क्रमित २८ हजार ४०० व्यक्तिको निधन भएको छ भने तीन लाख पाँच हजार व्यक्ति सङ्क्रमित भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -