युवराज बस्ताकोटी
काठमाडौं, १ साउन २०७७ । स्कुलहरु कर्पाेरेट हुन हुन्नथ्यो ।
समाजका सबै वर्गका विद्यार्थी पढाउन शिक्षकहरुले विद्यालय सञ्चालन सम्वन्धि काेर्ष गरेर मात्र खाेल्ने , उद्योगका रुपमा वा पाँच तारे हाेटल खाेले जस्ताे स्कुल खाेल्न दिन हुन्नथ्यो । अभिभावकहरु नै एउटा शिक्षकलाई भन्दा उद्योगीले दिने शिक्षालाई पत्याउछन् , यस्तै त हुन्छ ।
स्वराेजगारमुखि र स्वतन्त्र विद्यालय भए पछि शिक्षकहरुले निश्चित शैक्षिक सेवाकाे मूल्य मान्यता भित्र वसेर विद्यालय चलाउथे । अा अाफ्ना अभिभावकसंगकाे सल्लाहमा काम अगाडि वढ्थ्याे । अझैं पनि अाम्दानीकाे यथेष्ट कानुनी बाटाे नभएका अभिभावकले अाफ्नाे अार्थिक हैसियत भन्दा धेरै महँगा विद्यालयमा नानीहरू कसरी पढाउन सक्छन् ।
तिनकाे सम्पत्ति छानविनबाट शुरु गर्नु पर्ने हाे । यहाँ कुनै विद्यार्थी संगठन वा क्रान्तिकारीले यस्ता विषय उठाउदैनन् किनकि त्यहाँ लाभ छैन । एउटा मन्त्रालयकाे सचिवले पनि एक जनाकाे मासिक ३० हजारका दरले शुल्क उठाउने विद्यालयमा अाफ्ना २ जना बच्चा पढाउन सक्दैन उसकाे सफा अाम्दानीले । उसकाे तलव ६०/६५ हजार । मासिक २ लाख कर कटाएर अाय गर्ने व्यापारीले सक्दैन । एउटा विद्यार्थी नेता भन्नेले कसरी सक्छ ?
भ्रष्टाचार जसले गर्छ उसकाे ठुलाे स्वर नेपालमा । विद्यार्थी नेता भन्ने जाे काेहिले काठमाडौंमा एक डेढ राेपनी जग्गामा वंगला कसरी वनाउन सक्छ ? ४० हजार तलव खाने पत्रकारले काठमाडौंमा महँगा स्कुलमा बच्चा पढाउन , ३० लाखकाे गाडि चढ्न र काठमाडौंमा महल वनाउन कसरी सक्याे ?
निजि शब्द नै गलत छ । यी स्वतन्त्र वा स्वराेजगारमुखी विद्यालय वन्नु पर्छ । यसका लागि प्रवुद्द र निश्वार्थ मानिस लागाैं ।
लेखक : त्रिभुवन विश्वविद्यालयका पिएचडि शाेधार्थी तथा शिक्षाकर्मी हुन् ।









































