- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा थप १ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २

July 15, 2020
899
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, ३१ असार २०७७ । गोरखामा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको शहिद लखनको १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार शहिद लखन गाउँपालिका ६ का ४२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

बहराईनबाट असार २२ गते आएर घरमा नै बस्दै आएको उत्त पुरुषको बहराईनबाट नेपाल आउदा क्लिनिकल रिर्पोट नेगेटिभ आएकोले घर पठार्ईको तर आज रिर्पोट पोजेटिभ आएको पालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

यता निर्देशनालयले जारी गरेको सूचनामा भने उनी गोरखा नगरपालिकाको भएको उल्लेख गरेको छ । सूचनामा उल्लेख भए अनुसार उनी गोरखा नगरपालिकाको नभएको नगरपालिकाका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले बताए ।

- ADVERTISEMENT -

Advertisement

संक्रमितलाई गोरखा सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याई सकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com