गाेरखा, ३१ असार २०७७। गोरखाको सिरानचाेक गाउँपालिकाकाे केन्द्र चित्रेपाेखरी कायम गरिएको छ । आज (३१ असार ) बुधबार बसेकाे छैठौ गाउँ सभा तथा अधिबेशनले गाउँपालिकाकाे केन्द्र वडा न ५ काे चित्रेपाेखरी कायम गरेकाे हाे ।
गत असार २४ गते बसेकाे २१ औं गाउसभाकाे बैठकले गाउपालिकाकाे केन्द्र चित्रेपाेखरी सार्न प्रस्ताव गरेकाे थियाे ।
१६ जना कार्यपालिका सदस्य रहेकाे गाउपालिकामा १३ सदस्यले प्रस्ताव पेश गर्नु भएको थियो । वडा न ४ का वडाअध्यक्ष दिपक हमाल र एक सदस्यले फरक मत दर्ता गरेका थिए । गाउँपालिकाकाे केन्द्र हाल साविककाे छाेप्राक गाउ विकास समितिकाे भवन ‘मैदान’ मा छ ।
चित्रेपाेखरीका स्थानियले गत आइतबार ५० राेजनी जग्गा गाउँपालिकालाइ नि:शुल्क दिने घाेषणा गरेका थिए । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीका स्थानिय नेताहरूकाे बैठकले गाउँपालिकालाइ नि:शुल्क जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए ।
गाउपालिकाकाे केन्द्र हाल साविककाे छाेप्राक गाउ विकास समितिकाे भवन ‘मैदान’मा छ ।








































