Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:५५:४४ बिहान
- ADVERTISEMENT -

फ्रान्सका स्वास्थ्यकर्मीहरुलाई ऐतिहासिक पारिश्रमिक वृद्धि

प्रकाशित मिति: २०७७ असार ३१, बुधबार

751
Shares

बीबीसी, बुधबार, ३१ असार २०७७ । फ्रान्स सरकारले कोरोना भाइरस विरुद्ध अधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुका लागि भनेर ९ अर्ब डलर बराबरको ऐतिहासिक पारिश्रमिक वृद्धिको घोषणा गरेको छ ।

हप्तौँ अगाडिदेखिको छलफलपछि सोमबार मात्र फ्रान्सले ट्रेड युनियनसँग संयुक्त रुपमा यस सम्बन्धी आधिकारिक हस्ताक्षर गरेको हो । कोभिड महामारी सुरु भए यता स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई सम्मान स्वरुप समाजको असली ‘हिरो’ को नाम दिइएको छ जसको कामलाई सर्वसाधारणले पनि उत्तिकै प्रशंसनीय ठहर गरेका छन् ।

तर, सरकारले वास्तवमै आफूहरुलाई प्रोत्साहन गर्न चाहन्छ भने नामले मात्र हिरो नभनेर, अस्पतालहरुमा अधिक लगानी गर्न र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बढाउन भन्दै फ्रान्सका स्वास्थ्यकर्मीहरु माग गरिरहेका थिए । त्यही क्रममा प्रदर्शनमा उत्रिएका कतिपयमा सामाजिक दुरीको नियम पालन नगरेकामा जरिवाना पनि भएको थियो । युरोपको सबैभन्दा नराम्ररी प्रभावित मुलुकमा पर्ने फ्रान्समा संक्रमितको सङ्ख्या २ लाख रहेको छ भने तीस हजारको मृत्यु भएको छ ।

यस्तोमा फ्रान्स सरकारले घोषणा गरेको यो नयाँ पारिश्रमिक वृद्धिपछि सबै स्वास्थ्यकर्मीहरुको तलब औसतमा पनि महिनामा १८३ युरोले बढ्ने बताइएको छ । सो निर्णयलाई फ्रान्सको स्वास्थ्य प्रणालीकै ऐतिहासिक क्षण ठहर गरिएको छ । यो सम्झौता नयाँ मन्त्री जिन केसटेक्सले सम्पन्न गराएका हुन् । समारोहमा उपस्थित जिनले भनेका छन्, “यो महामारी विरुद्धको लडाईँमा सबैभन्दा अगाडि रहेर काम गरेका बहादुर स्वास्थ्यकर्मीहरुको सम्मानका निम्ति हो र सो जिम्मेवारी पूरा गर्ने सम्पूर्णका लागि समर्पित छ । ”

यो प्याकेज अन्र्तगत नर्स, बिरामीको हेरचाह गर्ने कर्मचारी र मेडिकल बाहेकका कामदारको तलब पनि समावेश छ । त्यस्तै सार्वजानिक क्षेत्रमा काम गर्ने डाक्टरहरुका लागि भने ४५ करोड युरो छुट्याइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -