- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

महावीर पुनको आविष्कार केन्द्रलाई डिल्लीरमण राष्ट्रिय शान्ति पुरस्कार

July 14, 2020
553
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, ३० असार २०७७ । तीन दशकयता नेपालमा पुस्तकालय स्थापना र पठन संस्कृति हुर्काउनमा मद्दत गर्दै आएकी ग्रामिण शिक्षा तथा विकास (रिड) की संस्थापक अमेरिकी नागरिक डा.एन्टोनिया न्यूबर (टोनी)ले प्रतिष्ठित डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पाएकी छिन् ।

सन् १९९० मा नेपाल भ्रमणमा आएका अवसरमा सोलुखुम्बुको जुनबेसी पुगेकी न्यूबरलाई स्थानीयले गाउँमा पुस्तकालय आवश्यक रहेको भनेपछि यो अभियान सुरु गरेकोमा अहिलेसम्म विभिन्न ४२ जिल्लामा ६८ वटा रिड पुस्तकालय सञ्चालनमा छन् । पुस्तकालय स्थापना गरिदिए पनि आत्मनिर्भर कार्ययोजना ल्याएर आफैं संचालनमा आउनुपर्ने यो सामुदायिक मोडल अहिले भुटान, भारत तथा अफ्रिकी मुलुकमा पनि बिस्तार भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

‘इतिहासविद् डिल्लीरमण रेग्मीका नाममा स्थापित अर्न्तराष्ट्रिय पुरस्कार पाएपछि मैले रिड पठन अभियानको सपना साकार भएजस्तो महसुस गरेकी छु,’ अमेरिकाको नेभेडा राज्यबासी टोनीले कान्तिपुरसँग भनिन् । पुस्तकालय स्थापनामार्फत् सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र पर्यटकीय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएबापत रिड नेपाल संस्थापक डा.एन्टोनियालाई अन्तराष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले जनाएको छ । यसअघि यो पुरस्कार रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उड, बर्मेली नेतृ आङ सान सुकी, युनेस्कोसहितलाई प्रदान गरिएको थियो ।

यसैगरी, नेपालमा अनुसन्धान, आविष्कार र सूचनाप्रविधिको माध्यमद्वारा सबल–समृद्ध नेपाल बनाउन गरेको योगदानलाई कदर गर्दै डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । महावीर पुनले नेतृत्व गरेको यो केन्द्रले पुरस्कारस्वरुप १ लाख रुपैयाँ प्राप्त गरेको छ । दुवै पुरस्कार सोमबार आयोजित एक भर्चुअल समारोहमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com