- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सोमबार नेपालमा कोरोनाका एक सय ४४ जना संक्रमित थपिए

July 13, 2020
654
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, २९ असार २०७७ । सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए । सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com