Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:५१ बिहान
- ADVERTISEMENT -

भारत सरकारलाई ध्यानाकर्षण पत्र

प्रकाशित मिति: २०७७ असार २९, सोमबार

646
Shares

काठमाडौँ, सोमबार, २९ असार २०७७ । भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ । ‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’

नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महìवपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ । यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछाँै, त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नुहुँदैन’, पत्रमा अगाडि भनिएको छ, ‘देशको नेतृत्वको घोषणाविपरीत यो झुठो, मनगढन्ते र अपमानजनक सामग्री नेपाल र नेपाली जनताको अपमान गर्न प्रसारण गरिएको थियो ।’ २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका लागि यो सही कदम नभएको पनि प्रस्ट पारिएको छ ।

यस्ता घृणात्मक र अपमानजनक सञ्चार सामग्रीले मैत्रीपूर्ण छिमेकी सम्बन्धमा असर पर्ने नेपाल सरकारले स्पष्ट पारेको छ । साथै यसले जनता र आगामी पुस्तामा समेत पीडा र घृणा छर्ने काम गर्ने भएकाले त्यस्ता सामग्री प्रसारण नगराउन नेपाल सरकारले आग्रह गरेको छ । पत्रमार्फत भारतीय सञ्चार माध्यमद्वारा नेपालका बारेमा प्रसारित अश्लील सामग्रीविरुद्ध तुरुन्त कदम चाल्न र ती सामग्रीले सञ्चार मिडियामा स्थान नपाउने विषय सुनिश्चित गर्न नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेको छ ।

यसअघि भारतीय सञ्चार माध्यमले नेपाल सरकारको नेतृत्व र दुई देशबीचको सम्बन्धमा आँच आउने गरी सामग्री प्रकाशन प्रसारण गरेलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता क्रियाकलापले नेपाल र नेपाली जनताको अपमान गरेको प्रतिक्रिया दिनुभएको थियो । त्यस्तै नेपालका केवल नेटवर्कले सरकारीबाहेक भारतका सञ्चार माध्यमलाई नेपालमा बन्देज लगाउने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -