Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५५:०८ बिहान
- ADVERTISEMENT -

प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना स्थगित गर्न फ्रान्सको आग्रह

प्रकाशित मिति: २०७७ असार २७, शनिबार

534
Shares

पेरिस, शनिबार, २७ असार २०७७ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पश्चिम किनाराको प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना अघि नबढाउन आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुबै नेताबीच भएको टेलिफोन सम्बादका क्रममा राष्ट्रपति म्याँक्रोले उक्त आग्रह गरेका हुन् ।

राष्ट्रपति म्याँक्रोले इजरायली कदम अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ हुने तथा प्यालेस्टाइन र इजरायलबीच दिगो शान्तिका लागि दुई–राज्य समाधानमा खतरा उत्पन्न हुने बताएका छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले पश्चिम किनारा क्षेत्रभित्र रहेका यहूदी बस्ती तथा रणनीतिक महत्वको जोर्डान उपत्यकालाई इजरायलमा गाभ्ने योजना अघि सारेका छन् । उक्त विवादित कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा अघि सार्न भएको मध्यपूर्वको योजनामा समेत राखेर अनुमोदन गरेका छन् ।

इजरायल सरकारले उक्त प्यालेस्टिनी क्षेत्रलाई यही जुलाई १ देखि इजरायलभित्र गाभ्ने समय तोकेको छ । यस क्षेत्रमा सन् १९६७ को छ–दिने युद्ध पश्चात इजरायली नागरिकहरु बसोबास गर्न थालेका थिए ।

फ्रान्स र जर्मनीका विदेश मन्त्रालयहरुका साथै इजिप्ट र जोर्डनले कुनै किसिमको कब्जा योजना अघि बढे द्विपक्षीय सम्बन्धमै असर पर्न सक्ने चेतावनी दिएका छन् । मध्यपूर्वमा इजिप्ट र जोर्डनसँग मात्र इजरायलको शान्ति सम्झौता भएको छ ।

राष्ट्रपति म्याँक्रोले नेतन्याहूलाई इजरायलको सुरक्षाप्रति फ्रान्स जहिल्यै प्रतिबद्ध रहने विश्वास दिलाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -