- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिए

July 9, 2020
560
Shares
- ADVERTISEMENT -

काठमाडौं, बिहिबार, २५ असार २०७७ । नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबिस घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार चौबिस घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना बिरामी रहेका छन् । पछिल्लो चौबिस घण्टामा १३९ जना कोरोना सङ्क्रमित मुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८९१ जना कोरोना मुक्त भएका छन् । नेपालमा आठ हजार ६४० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ । सबै सङ्क्रमित आइसोलेशनमा छन् ।

दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी आरटी पीसीआर परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com