- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८

July 9, 2020
728
Shares
- ADVERTISEMENT -

टोकियो, बिहिबार, २५ असार २०७७ । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

एनएचके टेलिभिजनले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार,सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् ।

जापानमा हरेक बर्ष बाढी,पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् । बर्षा कुमामोतो,मियाजाकी ,नागासाकी, सागा र फुकुओकाका विभिन्न स्थानहरुमा बाढि, पहिरो तथा डुबानको चेतावनी जारी गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो । ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com