Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
३:०६:२७ राति
- ADVERTISEMENT -

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

प्रकाशित मिति: २०७७ असार २४, बुधबार

514
Shares

एजेन्सी, बुधबार, २४ असार २०७७ । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च ज्वरो लगायत कोरोनाका लक्षण देखिएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

कोरोनालाई सामान्य फ्लु को रुपमा लिने बोलसोनारो विना मास्क सार्वजनिक स्थान, कार्यक्रममा देखिदैँ आएका थिए । उनी लकडाउनका विरोधीसमेत हुन् ।

गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन । बोलसोनारोमा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको छ ।

ब्राजिल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ७४ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -