- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा एकैदिन २१ जना कोरोना मुक्त

July 7, 2020
1240
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २३ असार २०७७ । गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छ वटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिनुभयो ।

आज मंगलबार कोरोनामुक्त हुनेमा ११ जना भीमसेनथापा गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका दुई महिला र नौ पुरुष कोरोनामुक्त भएका अर्यालले बताउनु भयो । साथै, गोरखा नगरपालिकाका दुई जना र पालुङ्टार नगरपालिकाका तीन जना कोरोनामुक्त भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

शहीदलखन गाउँपालिकाका तीन जना, अजीरकोट गाउँपालिकाका एक जना र बारपाक सुलीकोट गाउँपालिकाका एक जना पनि मंगलबार कोरोनामुक्त भएर घर फर्किएका अर्यालले बताउनु भयो ।

गोरखामा अहिलेसम्म ५२ जना कोरोनामुक्त भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com