- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८

July 7, 2020
719
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २३ असार २०७७। पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज देशभर छहजार १३३ जनाको पीसीआर परीक्षण गरिएकोमा सङ्क्रमित सङ्ख्या २०४ आएको हो । योसँगै जम्मा दुई लाख ६१ हजार ८६१ पुगेको छ ।
क्वारेन्टाइनमा २६ हजार ७२७, आइसोलेसनमा आठ हजार ६३४ रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

आज ६८८ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ७४९९ पुगेको छ भने याे ४६ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् । हिजाे उपत्यकामा ५४ जना सङ्क्रमित पुष्टि भएकाे थियाे । आइतबार उपत्यकामा ३० जनामा भाइरस सरेकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रदेश १ मा तेहथुम, भोजपुर र सोलुखम्बु र कर्णाली प्रदेशमा हुम्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com