- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना संक्रमणको उच्च जोखिममा काठमाडौं उपत्यका

July 7, 2020
498
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, २३ असार २०७७ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । हरेक दिन संक्रमितको संख्या बढदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका कोरोनाकोउच्च जोखिममा परेको जनाएको हो ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या कमी आउँदा काठमाडौं उपत्यकामा भन बढेको हो । सोमबार मात्रै देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो  ।

- ADVERTISEMENT -

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका थप जोखिममा पर्दै गएको हो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको आइतबार निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएकी ती पुरुषको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com