काठमाडौं, सोमबार, २२ असार २०७७ । नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निगमले दिएको जानकारी अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।
११ जना भने क्याविन क्रु रहेको निगम स्रोतले जनाएको छ ।
निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रम शुरु भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको उल्लेख छ।
निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलको क्वारेन्टाइनमा रहेका छन् । निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ ।








































