- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५ हजार ७८४

July 5, 2020
756
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, १९ असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा २९३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २९४ जनामा संक्रमण देखिएको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यो संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

त्यस्तै गरी आज डिस्चार्ज हुनेको संख्या १३१ रहेको छ । आजसम्म ६ हजार ५४७ जना कोरोना संक्रमणलाई जितेर घर फर्किनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार २०३ जना उपचाररत छन् । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com