Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०२:४३ बिहान
- ADVERTISEMENT -

‘हावाको गतिमा परिवर्तन नभए नेपालमा सलहको दोस्रो झुण्ड प्रवेश गर्ने सम्भावना छैन’

प्रकाशित मिति: २०७७ असार २०, शनिबार

704
Shares

काठमाडौँ, शनिबार, २० असार २०७७ | सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईँले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका कार्यदलका संयोजक एवं प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईँले यस्तो बताउनुभएको हो ।

उहाँले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराउनुभयो । उहाँले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताउनुभयो ।

भारतको इटहवा भैरहवा नाकादेखि पाँच सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा सात सय ६७ किलोमिटर टाढा पुगेको बताउनुभयो । उहाँले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताउनुभयो ।

उहाँले सलह नियन्त्रणको लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताउनुभयो । मानवबस्ती नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।

तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चार/पाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले अहिले नेपालमा ६० लाखदेखि ६५ लाखको सङ्ख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताउनुभयो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आसार १७ गतेसम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताउनुभयो । असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिनभित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उहाँले बताउनुभयो ।

नेपाल भित्रिएको ५ दिनमा अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेको बताउनुभयो । उहाँले १७ गतेसम्म दाङमा सबैभन्दा धेरै पाँच सय हेक्टर, प्युठानमा दुई सय ८३ हेक्टर, अर्घाखाँचीमा एक सय हेक्टर र मकवानपुरमा एक सय पाँच हेक्टर जमिनमा क्षति पुगेको बताउनुभयो ।

बैठकमा सांसदहरुले यसअघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो सङ्ख्यामा सलह आएकोले फेरि पनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन् ।

उनीहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए । यस्तै धान र मकै सलहले मनपराउने भएकाले त्यसलाई जोगाउनु चुनौतीपूर्ण भएको सांसदहरुले बताए ।

मन्त्रालयले किसानहरुलाई जालीले धानको ब्याड ढाक्न दिएको सुझावमा पनि सांसदहरुले असन्तुष्टि जनाए । धेरै बिगाहा जमिनमा खेती गर्न लगाइएको ब्याड ठूलो हुने भएकाले जाली लगाएर रोक्ने काम असम्भव र अव्यवहारिक भएको सांसदरुले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -