- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख नाघ्यो, ६१ लाख ३५ हजार २३२ जना निको

July 3, 2020
448
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, १९ असार २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्मकै सर्वाधिक २ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ८६४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७४ हजार ४२१ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १५५ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार २४२ पुगेको छ ।
उपचारपछि निको हुनेको संख्या ६१ लाख ३५ हजार २३२ पुगेको छ भने ४३ लाख १५ हजार ७०९ जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

२४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com