काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
डिस्चार्ज
देशभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निकाे भएर घर फर्केका छन् ।
काठमाडाैंमा २८ सङ्क्रमित
सङ्घीय राजधानी काठमाडाैँमा ११ पुरुष र १७ महिला, ललितपुरमा दुई पुरूष र भक्तपुरमा दुई पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
थप एककाे मृत्यु
कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । यासँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।








































