- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अमेरिकामा जुनमा मात्रै १ लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाए

July 1, 2020
583
Shares
- ADVERTISEMENT -

वासिङ्टन, बुधबार, १७ असार २०७७ । अमेरिकामा जुन महिनामा थप १ लाख ७० हजारभन्दा बढी मानिसले रोजगारी गुमाएका छन् ।

कोरोना महामारीका कारण उत्पादन र सामग्रीको माग घट्नुका साथै कम्पनीहरु टाँट पल्टिँदा आर्थिक मन्दी सिर्जना भएपछि थप १ लाख ७० हजार २१९ जनाले जुनमा मात्र रोजगारी गुमाएको अमेरिकी अधिकारीहरुले बुधबार जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्‍नका लागि मार्चको मध्यदेखि कम्पनीहरु बन्द गरिएका थिए । मेदेखि विश्वव्यापी आउटप्लेसमेन्ट फर्महरु च्यालन्जर, ग्रे र क्रिसमसहरुमा मेदेखि ५७ प्रतिशतले गिरावट आएको थियो । जुन गत वर्षको जुन महिनाको भन्दा ३०६ प्रतिशतले कमी भएको जनाइएको छ ।

जुनको पहिलो सातासम्म ३ करोड ६ लाख मानिसहरुले बेरोजगार भएको दाबी गरेका थिए । कोरोना संक्रमण निरन्तर उकालो लागेदेखि नै मुलुकमा बेरोजगारीको संख्या पनि बढ्दै जाने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

रोजगारी गुमाउनेहरुमा बारहरु, रेस्टुरेन्टहरु, होटलहरु, मनोरञ्‍जनात्मक क्षेत्रहरुबाट बढी भएको बताइएको छ । त्यसैगरी खुद्रा तथा विभिन्‍न कम्पनीका क्याटरिङ, मार्केटिङ, लिनेन र प्रशासनिक सेवामा खटिनेहरुले रोजगारी गमाएका छन् ।

तर, सरकारी, स्वास्थ्यसेवा, प्रविधि, एयरोस्पेस र रक्षा क्षेत्रमा भने मानिसहरुको खोजी भइरहेको छ । जुनमा मात्र यी क्षेत्रहरुमा ७५ हजार ४५४ रोजगारका लागि आवेदन खुला गरिएको थियो । राेयटर्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com