काठमाडौँ, बुधबार, १७ असार २०७७ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको कुल सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । एक सय १७ महिला र ३ सय ७५ पुरूष पुगकाे छ । डिस्चार्ज देशभर चारहजार ६ सय ५६ डिस्चार्ज भएका छन् ।
यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् । उपत्यकामा १५ सङ्क्रमित काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा एक पुरूष र भक्तपुरमा तीन महिला र एक पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।
मृत्यु असार १४ गते एकजनाकाे मृत्यु भएकाेछ । अछामकाे बयालपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ ।








































