- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छ : विश्व स्वास्थ्य संगठन

June 30, 2020
611
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, मंगलबार, १६ असार २०७७ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएकाे छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने बताए ।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

- ADVERTISEMENT -

Advertisement

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अहिलेसम्म विश्वभर काेराेनाभाइरसबाट १ कराेड ४ लाख संक्रमित भएका छन् भने ५ लाख ७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com