काठमाडौं, सोमबार, १५ असार २०७७ । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा १ सय १२ महिला र ३ सय ६४ जना पुरुष रहेका छन् ।
थप १२१ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।
क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।
उपत्यकामा थप आठ सङ्क्रमित
काठमाडौं जिल्लामा छ जना, ललितपुरमा एक र भक्तपुरमा एक जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।








































