काठमाडौँ, आइतबार, १४ असार २०७७। विभिन्न जिल्लाका थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनाका सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५८ पुरुष र १०५ जना महिलामा सङ्क्रमण भेटिएको बताए ।
नेपालका सबै ७७ जिल्लाका मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा ३ हजार १३ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको छ।








































