Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:२९ बिहान
- ADVERTISEMENT -

बाढीपहिरोबाट सतर्क हुन जरुरी

प्रकाशित मिति: २०७७ असार १४, आइतबार

753
Shares

काठमाडौँ, आइतबार, १४ असार २०७७ । मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो रोकथाम गर्न यस वर्ष पनि गतिलो पहल हुन सकेको छैन ।

अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको बेला नारायणगढ मुग्लिनसँगै पाल्पाकै सडकमा पहिरो खस्यो भने स्वाब सङ्कलन र परीक्षणमै असर पर्ने अवस्था छ । यसले जनस्वास्थ्यमै खेलवाड हुनसक्ने भएकाले पहिरो रोकथामको पूर्वतयारी बलियो हुनुपर्नेमा विज्ञको जोड छ । अझ बाढी र मौसमको पूर्वानुमान सुचारु रहे पनि पहिरोको पूर्वानुमान र पूर्वसूचना दिन नसक्दा बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् ।

विकासको गलत अवधारणा र सस्तो लोकप्रियता कमाउन पहाड छियाछिया पार्नु नै पछिल्लो समय पहिरो धेरै जानुको मुख्य कारक रहेको भूगर्भविद् तथा विपद्विज्ञ कृष्ण देवकोटा बताउनुहुन्छ । उहाँले यो गाउँमा मैले सडक लिएर आएँ भनेर मख्ख पार्दा उनै गाउँका बासिन्दाको त्यही खनेको पहाडमा परेर ज्यान गइरहेको अवस्था छ भन्नुभयो । अझ पहिरो रोकथाममा हुने गरेका थामथुमे प्रवृत्तिले त्यसको दिगो समाधान नदिने तर्क उहाँ गर्नुहुन्छ । नारायणगढ मुग्लिन सडकका पहिरोका बारेमा गहन अध्ययन गर्नुभएका उहाँले हालै त्यहाँका केही डाँडामा तारजालीले छेक्न गरिएको प्रयासलाई उहाँ सही मान्नुहुन्न ।

विगतमा निकै दुःख दिएको नारायणगढ मुग्लिन सडक खण्डकै कृष्णभीरको पहिरो समाधान गर्न उहाँले निकै कसरत गर्नुप¥यो ।
तारजाली, सिमेन्ट, रोडा र कुनै पनि छेकबारले थेग्न नसकेको त्यो पहिरो प्रकृतिमैत्री रूपमा समाधान गरिएपछि १२ वर्षदेखि त्यति दुःख नदिएको अवस्था छ । त्यसताका धेरै नमुना अध्ययन गरेर समाधान निकालिएको थियो । अहिले पनि मर्मत सम्भारको अभावमा धेरथोर माटो बग्न थालेको छ ।

देवकोटाका अनुसार पछिल्लो समय चुरे पर्वतका पहाड सक्रिय रहेको अवस्था छ । पहाड बन्ने प्रक्रियाको चरणमै चुरे रहेको छ । नेपालका अन्यत्रभन्दा तुलनात्मक रूपमा कमजोर र कान्छो पहाड मानिन्छ । त्यस पहाडको मुनितिर जथाभावी ढुङ्गामाटो र वन सम्पदाको दोहन हुँदा बनिनसकेको पहाड पहिरो बनेर खसिरहेको छ । देवकोटाले नेपालको मात्र होइन, हिन्दकुश हिमालयको रेन्ज, पामिरको नटदेखि म्यान्मारसम्म पुग्ने त्यो हिमशृङ्खला नै भौगर्भिक रूपमा तुलनात्मक रूपमा कमजोर मानिन्छ भनेर थप्नुभयो ।

नेपालमा विपद्मैत्री विकासको मोडल नभएकाले पहाड पखेरा ध्वस्त भइरहेका छन् । कम अभ्यास रहेको विपद्मैत्री विकासको अवधारणा राज्यका हरेक संरचनामा प्रयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । हाम्रो जस्तै भूबनोट भएको जापान त्यहाँ पहिरो जाँदैन । बारम्बार भुइँचालोले खुकुलो बनाए पनि निश्चित ढाँचामा रहेर जापानले बिना पहिरो विकास गरिरहेको देवकोटाले बताउनुभयो ।

नेपालमा पहिरोको पूर्वानुमानको विषयमा कसैले परियोजनाका रूपमा आएको बाहेक पहिरोको पूर्वानुमान भएको छैन । अलिक बढी लगानी र अध्ययन गरे पहिरोको पूर्वानुमान गर्न सकिने औँल्याइएको छ । भौगोलिक विविधतापूर्ण नेपालको हरेक पहाडको फरक अध्ययन गर्नु आवश्यक छ । जापान, स्विजरल्यान्ड, दक्षिण कोरिया, नर्वे, अमेरिका, चीन लगायतका देशमा पहिरोको पूर्वानुमान गरिन्छ । गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -